We are the Nepal’s leading law firm

About Us

Over 5 years of Experience.

परिचय:

विभिन्न इचनबलष्शबतष्यल, प्राइभेट लिमिटेड, पव्लिक लिमिटेड कम्पनी, एजेन्सी, उद्योग, फर्म, संघ–संस्था तथा क्लवहरूको शुरू दर्ता, रिन्यु, बार्षिक विवरण, आयकर दाखिला सम्बन्धी परामर्श (ऋयलकगतिबलअथ) छिटो, छरितो तथा सर्वशुलम तरिकाबाट सेवा दिने उद्देश्य राखेर यस मुनाल ल फर्म प्रा.लि. कम्पनीको स्थापना गरिएको हो ।

नेपाल सरकारको ऐन, कानून र नियमहरुको पालना गरि कार्य संचालन गर्ने उद्देश्य बोकेका विभिन्न कम्पनी, उद्योग, फर्म, संस्था तथा क्लवहरूको कानूनी सुरक्षा तथा रेखदेखमा टेवा पु¥याउने उद्देश्य बोकेको यस फर्म÷कम्पनी प्राइभेट फर्म रजिष्ट्रेशन ऐन २०१४ तथा औद्योगिक ब्यवसाय ऐन २०४९ पहिलो संशोधन २०५४ समेतको दफा ५ र सोही ऐनको दफा ३ (च) तथा कम्पनी ऐन २ै६३ बमोजिम स्थापित भई आफ्ना पाहुना (ऋष्भिलतक) महानुभावहरूको चारित्रीक, आर्थिक तथा सामाजिक हैसियत उकास्न यस मुनाल ल फर्म प्रा.लि. कम्पनी प्रयत्नशिल रहेको छ । नेपाल सरकार तथा अन्य कुनै पनि सम्बन्धीत निकायहरूले विभिन्न कम्पनी, उद्योग, फर्म, संघ–संस्था तथा क्लवहरूको पुर्ण रूपमा ऐन, कानून बमोजिमको सुचना, बुलेटिन सम्बन्धी जानकारी विकाशोन्मुख देश भएको कारणबाट उपलब्ध गराउन चाहदा चाहदै पनि नसकेको कारणले गर्दा यस फर्मले त्यस्ता विभिन्न कम्पनी, उद्योग, फर्म, संघ–संस्था तथा क्लवहरूलाई कानूनी परामर्श सेवा प्रदान गरि भविष्यमा हुन आउने भैपरीबाट जोगाउनको लागि आफ्ना पाहुनाहरूलाई समेटी अगाडि बढने प्रयत्न गरेको छ । यसमा हामी सबैको सहयोगको अपेक्षा गर्दछौं । 

उद्देश्यहरू :

यस कम्पनी÷फर्मको मुख्य उद्देश्यहरू देहाय बमोजिम हुनेछ ः–


(क)  कानूनी परामर्श सेवा (ीभनब िऋयलकगतिबलअथ क्भचखष्अभ) प्रदान गर्ने ।

(ख)  कम्पनीको विषेश÷वार्षिक साधारण सभा, लेखापरिक्षण प्रतिवेदन सम्वन्धी आवश्यक कार्यहरू तथा कानूनी परामर्श सेवा प्रदान गर्ने गराउने ।

(ग)  विभिन्न स्वदेशी तथा विदेशी कम्पनी, उद्योग, फर्म, संघ–संस्था तथा क्लवहरूको नाम परिवर्तन वा संशोधन, ठेगाना परिवर्तन वा संशोधन, उद्देश्य थपघट वा संशोधन, पूँजी थपखट वा संशोधन र संचालक हेरफेर, थपघट वा परिवर्तन सम्बन्धी सम्पुर्ण कार्यहरूको कानूनी कागजातहरू तयार गर्ने गराउने तथा सो सम्बन्धी परामर्श सेवाहरू प्रदान गर्ने गराउने ।

(घ)  विभिन्न स्वदेशी तथा विदेशी कम्पनी, एजेन्सी, उद्योग, फर्म, संघ–संस्था तथा क्लवहरूलाई नेपाल सरकार अन्तर्गतका कार्यालय, संस्थानहरूमा दर्ता गर्ने गराउने, नविकरण गर्ने गराउने, वार्षिक विवरण(कागजात)हरू ऐन, नियम, कानूनको अधिनमा रहि समय भित्र नै अध्यावधिक गर्ने, नेपाल सरकार अन्तर्गत लाग्ने कर, राजश्व, जरिवाना तथा अन्य कानून सम्मतका शुल्कहरू दाखिला गर्ने गराउने सम्बन्धी कानूनी परामर्श सेवा उपलब्ध गर्ने, गराउने यस कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

(ङ)  सम्बन्धीत निकायहरूमा दर्ता भई सकेका विभिन्न कम्पनी, फर्म, संघ–संंस्था, एजेन्सी तथा क्लवहरूको नेपाल कानून बमोजिम स्वच्छिक तथा दर्ता खारेजी सम्बन्धी कार्यको कानूनी परामर्श सेवा उपलब्ध गराउने ।

(च)  विभिन्नकम्पनी, उद्योग, फर्म, संस्था, क्लव तथा व्यक्तिहरूको मुद्दा–मामिलाहरू अदालतबाट फैसला गर्नको लागि यस फर्म मार्फत नेपाल कानून बमोजिमको कानून व्यवसायी नियुक्ति गरि मुद्दा–मामिला छिनो फानो गर्ने सम्बन्धी परामर्श सेवा प्रदान गर्ने ।

 

(छ)  विभिन्न घर जग्गाहरूको खरिद विक्रीको लागि बैना बट्टाको लिखत, राजिनामा सम्बन्धी लिखत लेख्ने लेखाउने सम्बन्धी कानूनी परामर्श सेवा प्रदान गर्ने गराउने

(ज)  विभिन्न प्रकारको कानूनी लिखतका मसौदाहरू फिरादपत्र, प्रतिउत्तरपत्र वा प्रतिवाद सम्बन्धी, नेपाल सरकारको वादी हुने फौजदारी मुद्दा सम्बन्धी, लिखत सुनाउने वयान र साक्षी गवाहको बकसपत्र सम्बन्धी, निवेदनपत्र सम्बन्धी, वारिसनामा वा अख्तियारनामा सम्बन्धी, मिलापत्र सम्बन्धी, फैसला सम्बन्धी, पुनरावेदन सम्बन्धी, मुद्दा दोह¥याउने, निस्सा दिने सम्बन्धी, अर्धन्यायिक निकाय सम्बन्धी, फैसला कार्यान्वयन सम्बन्धी, जमानी सम्बन्धी, व्यवहारीक लिखतको मसौदा सम्बन्धी, पुनरावेदन वा सर्वोच्च अदालतमा दिइने रिट निवेदन सम्बन्धी, फिरादपत्र, प्रतिउत्तरपत्र, मिलापत्र सम्बन्धी, प्रशासनिक कार्यालयमा दिईने दरखास्त निवेदन सम्बन्धी, वन सम्बन्धी, सिंचाई सम्बन्धि, अध्यागमन सम्बन्धी, कम्पनी, संघ– संस्था, प्राइभेट तथा साझेदारी फर्म दर्ता सम्बन्धी, पेटेन्ट डिजाइन र ट्रेडमार्क सम्वन्धी, नागरिक्ता सम्बन्धी, हात हतियार सम्बन्धी, विवाह सम्बन्धी, जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना सम्बन्धी, कम्पनी ऐन सम्बन्धी, वैदेशिक रोजगार सम्बन्धी, खानी तथा खनिज पदार्थ सम्बन्धी, मदिरा तथा सुर्तिजन्य सम्बन्धी लिखत तथा अन्य कागजातहरू लेख्ने, लेखाउने र सम्बन्धीत निकायमा गई दर्ता गरि उपलब्ध गराउनु पर्ने कानून बमोजिमको कागजातहरू सर्वसुलभ तरिकाले उपलब्ध गराउने ।

(झ)  अनुमति लिनु पर्नेमा सम्बन्धीत निकायहरूको अनुमती लिई यस ल फर्मबाट नेपाल कानून बमोजिम गर्न मिल्ने अन्य सम्पुर्ण कार्यहरू गर्ने गराउने यस फर्मको मूख्य उद्देश्य हुनेछ । 

पुँजीको संरचना :

यस कम्पनी÷फर्मको पूँजीको संरचना देहाय बमोजिम रहेकोछ ः–
(क) यस कम्पनी÷फर्मको अधिकृत, जारी तथा चुक्ता पूँजी रु.१,००,०००।–(अक्षरेपी एक लाख रुपैयाँ मात्र) हुनेछ


(ख) यस कम्पनी÷फर्मको कुल पूँजी रु.१,००,०००।–(अक्षरेपी एक लाख रुपैयाँ मात्र) हुनेछ । 


(ग) यस कम्पनी÷फर्मको स्थिर पूँजी रु.७५,०००।–(अक्षरेपी पचहत्तर हजार रुपैयाँ मात्र) हुनेछ ।
(घ) यस कम्पनी÷फर्मको चालु पूँजी रु.२५,०००।–(अक्षरेपी पच्चीस हजार रुपैयाँ मात्र) हुनेछ ।

संचालक सम्बन्धी व्यवस्था :

यस कम्पनी÷फर्ममा देहाय व्यक्ति निम्न पदमा आवद्ध रहेका छन ः–


युवराज पोखरेल – संस्थापक÷अध्यक्ष
सविता ओली – कार्यालय सहायक
रमेश प्रसाद ओली – कार्यालय सहायक

Our Testimonials

Clients Saying

peter-van-eijk-eiDw0oX8YQQ-unsplash

My experience with Munal group is one of the best I’ve ever worked. The company and the way their work really makes it easy to solve my big problems easy with their massive experience in Law fiels

Dr. Vijay Pathak

-

Businessman